खेलकुद समाचार

धनकुटामा मिनी म्याराथन

धनकुटा / धनकुटामा बुधबार मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। विश्व मुटु दिवसको अवसरमा धनकुटामा मिनी म्याराथन प्रतियोगिता सम्मपन्न भएको हो । पूर्व प्रहरी संस्थाको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ३० जना र महिलातर्फ ६ जना धावक सहभागी भएका थिए। धनकुटाको बसपार्कबाट शुरु भएको प्रतियोगिता मदनचोक, चुवाबोट, परिचयमोड, भीमनारायण चोक, माथिल्लो कोप्चे, विहीबारे हटिया, तल्लो कोप्चे, यलम्बर चोक, कोसी ग्यास हुँदै मदन चोकमा आएर समापन भएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ रोशन तामाङ प्रथम, सविन राई दोस्रो र शुशील लिम्बू तेस्रो भएका छन् उनीहले क्रमशः पाँच हजार, चार हजार र तीन हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै महिलातर्फ रेनुका पाख्रिन तामाङ प्रथम, मन्दिरा तामाङ दोस्रो र एलिना लिम्बू तेस्रो भएका छन् । उनीहरूले क्रमशः नगद चार हजार, तीन हजार र दुई हजार प्राप्त गरेका छन् ।

म्याराथन दौड प्रतियोगिताको विजयीहरूलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पूर्व डिआइजी दिनेश अमात्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Comment