समाचार

बावु क्रियासँगै परिक्षामा सहभागि भए इटहरीका दिवश

इटहरी / इटहरीका दिबश बस्नेतले बावु क्रिया सँगै परिक्षामा सहभागि भएका छन् । इटहरी ४ हलगडा घर भएका १९ बर्षका बस्नेतले क्रियापुत्रीकाे रुपमा नै कक्षा १२ काे बार्षिक परिक्षामा सहभागि भएका हुन् ।

इटहरी स्थित बुढि गंगा मुक्तिघाटमामा बावु क्रियामा बसेका उनले जनाता बहुमुखी क्याम्पसकाे परिक्षा केन्द्रमा गएर परिक्षा दिएका थिए । क्याम्पसले उनलाइ परिक्षाकालागि छुट्टै काेठाकाे व्यवस्था गरेकाे थियाे । एउटा छुट्टै कोठामा उनले अन्तिम संस्कारका पालना गर्नु पर्ने धार्मिक विधिकाे पलाना गरेर नै परिक्षा दिएका थिए । वैदेशिक राेजगारीकाे क्रममा परदेशमा नै उनका बावुकाे निधन भएकाे बताइएकाे छ ।

Leave a Comment