समाचार

सभामुखको आग्रहप्रति एमाले सांसदको बेवास्ता, नाराबाजी जारी

काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाको आग्रहलाई बेवास्ता गर्दै संसद् बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । प्रतिनिधिसभाको बैठकमा ‘संसदीय सर्वाेच्चतता कायम गर’ भन्दै एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

यसअघि आइतबार बसेको पहिलो बैठक पनि एमाले सांसदहरूको नाराबाजीका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो । यसपछि दोस्रोपटक बसेको बैठकमा पनि उनीहरूले नाराबाजीलाई जारी राखेका छन् ।

यसबीचमा सभामुख सापकोटाले बारम्बार बैठकमा अवरोध नगर्न आग्रह गरेका छन् । उनले समस्या समाधानका लागि संवादमा आउन पनि आग्रह गरेका छन् । सभामुख सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राखेर संवाद थाल्ने जानकारी गराएका छन् ।

Leave a Comment