समाचार

लोसपा शीर्ष नेता र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

काठमाडौं / अमेरकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी छन् ।

चार दिने नेपाल भ्रमणको अन्तिम दिन आइतबार उनले लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नक्सालस्थित हाेटेल मेरियटमा भेटवार्ता गरेकी हुन् । नेपाल बसाइबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी भइरहँदा उनले ठाकुर र महतोसँग भेटवार्ता गरेकी हुन् ।

गत बिहीबार काठमाडौं आएकी उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईसहितका नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।

Leave a Comment