समाचार

मादी सामूहिक हत्या प्रकरणमा संलग्न आशङ्कामा एक पक्राउ, भोलि आइतबार चैनपुरमा सार्वजनिक गर्ने तयारी

संखुपासभा / सङ्खुवासभा मादी नगरपालिका उमलिङको खोला गाउँमा भएको एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले एक जना पक्राउ गरेकाे छ । हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिमा माथी अनुसन्धान केन्द्रित गरेको थियो ।

सामूहिक हत्या प्रकरणमा संलग्नलाई भोलि आइतबार चैनपुरमा सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले बताए । पक्राउ परेका व्यक्ति छिमेकी रहेको बताइएको छ । पक्राउ परेका छिमेकीको घर घटना घटेको घरबाट करिब १५० मिटरको दुरीमा रहेको प्रहरीले बताएको छ ।

संखुवासभाको मादी नगरपालिका १ खोलागाउँको उम्लिङमा सोमबार एकै परिवारका छ जनाको बिभत्स हत्या भएको थियो । सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो । घटनाकाे अनुसन्धान संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोलीले गरिरहेकाे छ ।

[embedded content]

उनिहरूकाे बुधबार इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा ६ जनाकाे अन्त्यष्टि गरिएको हो । ६ वटै शवकाे धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टमपछि बुढीगंगामा अन्त्यष्टि गरिएकाे थियाे । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान आइपुगेका थिए ।

तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्कीकाे एउटै चितामा राखेर अन्त्यष्टि गरिएकाे छ, भने रञ्जना कार्की, ११ वर्षीय दीपेन कार्की र सात वर्षीया गोमा कार्कीको शव एउटै चितामा राखेर अन्त्यष्टि गरिएकाे हाे । साथै आमालाइ छुट्टै चितामा राखिएकाे थियाे ।

Leave a Comment