समाचार

खर्च अभावमा ‘इटहरीकाे बजारमा माया र्याक नगर’ गीत चलचित्र ‘माइती’लाइ बिक्रि गरे

इटहरी / पूर्वका सम्राट बोकेदार्हि अर्थात श्रीकृष्ण लुइटेलकाे खासै परिचय दिइराख्नु नपर्ला ।  ‘बोकेदार्हि’ नाम नै काफी छ ।  माेफसल मै बसेर केही गर्न सकिन्नछ भन्ने गतिल्लाे उदाहरण हुन् श्रीकृष्ण अर्थात बोकेदार्हि । सामान्य जीवनशैली, मिजासिलो स्वभावका उनी रिल लाइफमा मात्र नभएर रियल लाइफमा पनि उत्तिनै रमाइला छन् । उनले लगातार नयाँ गीत संगीतकाे सिर्जना गरेर संगीत यात्रालाइ निरन्तरता दिइरहेका छन् । उनका गीत भित्र ब्याङ्ग्यात्मक शैलिमा सामाज भित्र रहेका बिकृती, बिसंगतिहरू प्रती गतिल्लाे प्रहार गर्न सिपालु छन्, श्रीकृष्ण । त्यस अर्थमा उनलाइ ‘पूर्वकाे सम्राट’ भन्दा फरक नपर्ला ।

पुर्खाैली घर तेह्रथुम शाेल्मामा रहेकाे उनका आमा बुवा खेती किसानी गर्न भारतकाे आसाम गए । त्यसबेला उनी १ बर्षका मात्र थिए । तेह्रथुममा जन्मिएता पनि उनकाे बाल्यकाल आसाममा बित्याे । सानै उमेर देखि घरमा भजन कृतन सुन्ने तथा गाउने गर्थे । उनले त्यहीकै विद्यालयमा कक्षा १ सम्म पढे । बिं सं २०४०/४१ साल तिर आसाममा नेपाली खेदाउ अभियान शुरू भएसँगै उनकाे परिवार माेरङकाे अमरदहमा बसाइ सरेर आए । आसाममा कक्षा १ सम्मकाे अध्यययन गरि नेपाल फर्किएका उनले पढाइकाे क्रममा धेरै बिद्यालय परिवर्तन गर्नु परेकाे थियाे ।

उनले अमरदहमा कक्षा ७ सम्मकाे अध्ययन गरेका थिए । २०४७ सालमा पञ्चायत बिरूद्धकाे आन्दाेलन चरम उत्कर्षमा थियाे । उनीहरु बस्ने टाेलकाे नाम नै बामे टाेल थियाे । मामाहरु बामपन्थी भएकाले सरकार पक्षले बारम्बार दुख: दिने गरेकाे अनुभब उनी सँग छ । पछि बामेटाेलबाट आएकालाइ पढ्न नदिने भन्दै सबैलाइ स्कुलबाट निकालियाे । त्याे आन्दाेलनकाे चपेटामा श्रीकृष्ण परेका थिए । बुवाले त्यसपछि काँसिज्यान विद्यालयमा भर्ना गरिदिए । त्याे निकै टाढा भयाे र छाेराले दुख पायाे भनेर बावुले सुनसरीकाे तरहरामा ल्याएर पढ्ने व्यवस्था मिलाइदिएका थिए ।

[embedded content]

तरहराकाे जनसहयाेग माविबाट २०४९ सालमा उनले एसएलसी पास गरे । त्यसताका उनले स्कुलका कार्यक्रमहरूमा फाट्फुट गीत गाउने गरेका थिए । जनसयाेगमा पढ्दा त्यहाँका शिक्षक निर्मल सुब्वा सँग उनी नजिक भए । सुब्वाले सधै गीत गाउन लगाउथे । कलेज पढ्दा इटहरीका गणेश लुइटेल सँग उनकाे हिमचिम बढ्याे । उनकाे घरमा पूर्वेली कला केन्द्र नामकाे संस्था थियाे । त्यहाँ सधै कलाकारहरुकाे जमघट हुने गर्थ्याे । कलाकारहरु सँग नजिक भएपछि उनमा कलाकारीता र गीत संगीत प्रतिकाे रुचि अझै बढ्याे ।

‘तुङदुङ’ टेलिसिरियल निर्माणका क्रममा राम्राे राेल पाउने आसमा पहाडमा नाम्लाेले सुटिङका समाग्री बाेकेकाे अनुभव उनी सुनाउछन् । अन्त्यमा ‘तुङदुङ’मा सानाे चाेरकाे राेलमा मात्रै अभिनय गर्ने अवसर पाए । याे नै उनकाे पहिले अभिनय रहेकाे थियाे ।
उनी आफै गीत लेखेर कम्पाेज पनि गर्थे । उनीद्वारा लिखित पहिलाे गीत ‘इटहरीकाे बजारमा माया र्याक नगर’ हाे । याे गीत चलचित्र ‘माइती’लाइ बिक्रि गरेका थिए ।

[embedded content]

२०५२ साल तिर उनी कठमान्डाैँ गए । कठमान्डाैँ छदाँ क्लाप ब्वाइमा काम सुरू गरेका उनले धेरै चलचित्रमा असिस्टेन डाइरेक्टरकाे रूपमा काम गरेकाे उनी बताउछन् । दुलही, संगम, त्रिवेणी, मनै त हाे, साइत लगायतकाे चलचित्रमा काम गरेकाे राम्राे अनुभव छ उनी सँग । २०५६/५७ तिर उनले ‘आयाे झिल्के जाेवनी’ गीत बजारमा ल्याए । उनले एलबमहरू क्रमश: ‘इटहरी डटकम’,’मर्छु कि क्या’,’मलाइ के भाछ’ सार्वजनिक गरेता पनि एलबमहरू खासै चर्चामा आउन सकेनन् । २०६० सालमा उनकाे चाैथाे एलबम ‘बाेकेदार्हि’ सार्वजनिक भए पश्चात चर्चा चुलिएकाे उनी बताउछन् ।

बाेकेदार्हि सार्वजनिक हुनु भन्दा करिब दुइ बर्ष अगावै ऋण लिएर ८ वटा गीतकाे भिडियाे बनाएर राखेका थिए । गीत तथा भिडियाे निर्माणकाे ऋण तिर्न नसकेर गीत तयार गरेकाे ६ महिना पछि बेच्न काठमान्डाैँ गए । तर गीत कसैले किनेनन् । उनी सम्झन्छन् “‘भटभटे, चटपटे’ यस्ताे पनि हुन्छ गीत भनेर धेरैले गीत बजारमा ल्याउन मानेनन् । त्याे बेला लाेकदाेहरीकाे दबदवा थियाे । त्यसै क्रममा यमन म्युजिकका प्रबन्धक सुर्य कार्की कहाँ पुगे । उहाँ तरहराकै भएकाे कारण चिनापर्ची गर्न सहज भयाे । मैले भने मलाइ ७० हजार ऋण लागेकाे छ, पैसा नलिइ मेराे घर जाने अवस्था नभएकाे कुरा बताए ।” कार्कीले गीत छाडेर जानु, सुने पश्चात खबर गर्ने बताए ।

गीत सार्वजनिक हुने आसा मारेर उनी मामा घर आसाम लागे । पछि मामाले घर फर्किन कर गरेपछि उनी सात महिनामा नेपाल आए । याे सात महिनामा उनकाे गीतले तहल्का मच्चाइ सकेकाे थियाे । ‘बोकेदार्हि’ नामकाे एलबमका प्राय: सबै गीत हिट भएका थिए । “गीत यता बम्पर हिट भएछ म उता ऋण तिर्ने तनावमा थिए । गीत हिट भएकाे मलाइ पत्ताे छैन्, सुर्य दाइले पिसिओमा फाेन गरेर धेरै खाेज्नु भएछ ।” उनले भने “म फर्कदा लक्ष्मी पुजाकाे दिन थियाे, काकरभिट्टा नाकमा आउदा मेराे गीत बजेकाे सुन्दा म तिन छक्क परे । काकरभिट्टाबाट माइखाेला सम्म आइपुग्दा मेरै मात्र गीत घन्केका थिए ।”उनले फेरी थपे “गाडिकाे झ्यालबाट हेर्दा मेरै गीतमा नाचेकाे देख्दा मलाइ डर लाग्याे कतै मेराे गीत चाेरि गरेर अरूले त गाएन ? डर र उत्सुकताका बिच घरमा पुगेर थाहा पाए म त बम्पर हिट पाे भएछु ।” त्यसताका उनका गीत नबजेका प्राय: कार्यक्रम नै हुदैन थिए ।

एमन म्युजिक सँग एउटा भिसिडिकाे ४० रुपाैँया लिने भनेर सम्झैता भयाे । उनका भिसिडि जति निकाले पनि बिक्ने गरेका थिए । याे समय जिन्दगीकाे ट्रर्निङ पाेइन्ट भएकाे उनी बताउछन् ।’बोकेदार्हि’ एलबम पश्चात उनले पुर्वी नेपाललाइ कर्मथलाे बनाए । माेफसलबाट नै केहि गर्न सकिन्छ भने उदेश्यका साथ आफुले उपत्यका छाेडेकाे बताए । पहिले जस्ताे गीत तथा भिडियाे निर्माण गर्न काठमान्डाैँ धाउनु पर्ने बाध्यता अब नरहेकाे र स्तरिय गीत तथा भिडियाे निर्माणकालागि माेफसलमा प्रविधिकाे धेरै नै बिकास भइसकेकाे उनले बताए । बुबाकाे शिक्षक बनाउने सपना रहेकाे उनी गीत संगितमा लाग्दा छाेराे बिग्रियाे, काम नलाग्ने भयाे भनेर बाेलचाल समेत नरहेकाे उनी सम्झन्छन् । पछी बाेकेदार्हि एल्बमकाे चर्चा चुलिए संगै संगित क्षेत्रमा बुवाकाे साथ सहयाेग रहेकाे बताउन् ।

उनका २०० भन्दा धेरै गीत सार्वजनिका भइसकेका छन् । गीतमा लेखन, गायन, सम्पादन र अभिनयसम्म आफै गर्दछन् । ‘ए बा किन्देउन भट भट भटे’, ‘डल्ले कि बहिनी’, ‘तेरो बाऊ थोते’, ‘;सुनकाे सिक्री’, ‘ओके छ त’, ‘बाँके बर्दिया’, ‘केराको थम्बा’, गीत बज्यो ट्याक्सिमा..’ लगायत दर्जनै गीत हिट भएका उनकाे साली कमला २ बजारमा ल्याउने तयारीमा जुटेका छन् ।

गीत संगीत निर्माणका क्रममा “ओल्लाे टाउन पल्लाे टाउन सिलगुडिकाे टाउन, क्षेत्रि बाहुन रक्सी खाउन राइले जनै लाउन” गीत यूट्युवबाट हटाउनु पर्दाकाे क्षण दुखादायी भएकाे उनी सम्झन्छन् । “समाजमा काेही पनि बाहुनकाे कुलमा जन्मेर बाहुन हुन सक्ला तर ब्राम्हण हुन सक्दैन । जसले बेद, उपनिबेस अध्ययान गरकाे छ, ब्राम्हण धर्म पालना गरेकाे छ चाहे जुनै जातीकाे हाेस् त्याे ब्राम्हण हुन्छ ।” उनले भने “बाहुनहरूले जनै लगाएर, चन्दन घसेर आफ्नाे धर्म निर्वाह गर्न सक्दैन भने उ बाहुन मात्र हाे ब्राम्हण हाेइन भन्ने सन्देश त्याे गीतमा दिन खाेजेकाे थिए । खासमा समाजमा रहेकाे बिकृती बिसंगतीकाे गीत माफर्त चित्रण गरेकाे थिए । पछी धेरै बिराेध भए पश्चात साे गित नै हटाइदिए ।”

उनकाे २०६४ सालमा रिंकु शर्मासँग विवाह भयाे । सांगीतिक यात्रामा सफल उनकाे बैवाहिक जीवन भने सफल हुन सकेन । छोरी समेत रहेका उनको २०७७ असोज २६ गते जिल्ला अदालत झापाबाट पारपाचुके भएकाे हाे । बैवाहिक जीवन जे जस्ताे भएता पनि सांगीतिक यात्रामा अझ सक्रिय रहने उनी बताउछन् ।

[embedded content]

Leave a Comment