समाचार

संसद बैठक शुरु हुनासाथ एमालेको अवरोध, बैठक १५ मिनेट स्थगित

काठमाडौं / संसदको बैठक शुरु हुनासाथ प्रमुख विपक्षी नेकपा एमालेले अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।

उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् । सभामुख बैठक १५ मिनेटकालागि स्थगित गरेका छन् ।

Leave a Comment