समाचार

मापसे गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा राईको मृत्यु

इटहरी र सुनसरी रामधुनी ६ स्थित कान्छीचोक–चतरा पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३६ प ९५८ नंम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोटरसाइकल चालक जिल्ला मोरङ कानेपोखरी गाउँपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय रीतिक राईको मृत्यु भएको हो । प्रहरीका अनुसार पछाडि सवार सोही ठाउँ बस्ने अन्दाजी २१ वर्षीय नीरज राई गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

मादक पदार्थ सेवनका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मापसे गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदै आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Comment