समाचार

दुखी पीडित नेपालीको मल्हमपट्टि बन्दै सुनिता

इटहरी / पूर्वी नेपालकाे भोजपुरमा जन्मिएर बिगत १५ साल देखी इजरायलमा कार्यरत सुनिता गुरुङ लामो समय देखी समाज सेवामा सक्रिय रहेकी छिन् । सहयोगी, मिलनसार तथा मिहिनेती स्वभाव रहेकी गुरुङले पन्ध्र वर्षे आफ्नो प्रवासी जीवनमा तिस लाखभन्दा बढी रुपैयाँ आर्थिक सहयोग तथा सत्तरी लाख बढी संयोजन गरि समाजको जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गर्न सफल भएकी छिन्।

प्रवासी भूमि इजरायलमा रहेर पनि आफ्नो जन्मभूमिका लागि आफ्नो छाक कटाएर बचाएकाे केही रकम नेपालका विभिन्न स्थानहरुमा समाजसेवा, सहयोग तथा दुखमा परेका नेपालीहरूलाइ निरन्तर सहयोग गर्दै आइरहेकी छिन ।

समाजसेवामा रुचि भएकी सुनिता आफ्ना लागी हैन अरुका लागी बाच्न सिकौं भन्ने उदेश्यका साथ समाज सेवामा लागेकी बताउछिन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरुलाई विषेश सहयोग गर्दै आएकी गुरुङले आफुले अध्ययन गरेको धरान स्थित श्री शिक्षा सदन मा.बिको भवन निर्माण , नमुना अध्ययन घर कैलालीमा अक्षकोष कोषलाई , मोरङको बेलवारि स्थित सुकुम्बासी बस्तिका पिडित बच्चा हरु, नेपाली दूतावास इजरायलको समन्वयमा नेपालमा कोरोना नियन्त्रणका लागी स्वास्थ्य सामग्री , सिन्धुपाल्चोक बाढी पीडितहरू ,जनमैत्री हस्पिटललाइ लगायतका संघ संस्थाहरूमा निरन्तर सहयाेग गर्दै आइरहेकी छिन् ।

त्यस्तै उनले ब्यक्तिगत सहयोगमा कैलालीको सुकुम्बासी बस्तीमा चर्पी निर्माण , काठमाडौंमा बन्दै गरेको बिरामी कुरुवा, राजन नेपाल द्वारा निर्मित अस्पताल , अतरिया बाल गृह लगायतका क्षेत्रहरूमा सहयाेग गरेकी छिन् भने केहीहरूमा थप सहयाेग गर्ने प्रतिबध्दता व्यक्त गरेकी छिन् ।

पछील्लो समय एन आर एन ए इजरायलको बर्तमान उपाध्यक्ष समेत रहेकि सुनिता भन्छिन् “जीवनमरणको दोसाँधमा रहेका र आर्थिक अभाव कारण उपचार नपाएका पीडितहरुलाई सहयोग गर्नु सच्चा सेवा हो । ”

Leave a Comment