समाचार

सङ्खुवासभा हत्या प्रकरण : नगद र गरगहना सुरक्षित, हत्या रहस्यमय

काठमान्डाैं / बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो। तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ। प्रारम्भिक आशंकाले मेल नखाएपछि हत्या ‘रहस्यमय’ बनेको छ।

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो। बौदमानकी पत्नी, छोरा तेजबहादुर र बुहारी कमलाको शव सोमबार बिहान घरबाहिर भेटिएको थियो। तेजबहादुरकी बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र ७ वर्षीया नातिनी गोमाको पनि हत्या भएको थियो।

वृद्ध बौदमान मात्र सकुशल भेटिए। सोमबार बिहानदेखि अनुसन्धान गरेको प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन। अनुसन्धानमा लगिएको कुकुरले पनि घटनामा कुनै संकेत देखाउन सकेन। प्रहरीले बौदमानको घरमा भेटिएको नगद र गहनाको विवरण भने सार्वजनिक गर्न चाहेन।

खोलागाउँ सोमबार बिहानैबाट शोकमा डुबेको छ। एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको दुई दिन बित्दासमेत अभियुक्त पक्राउ पर्न सकेका छैनन्। घरमा भएको पैसा चोरी गर्ने उद्देश्यले परिवारका सदस्यको पनि हत्या गरेको आशंका गाउँलेको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

याे पनि पढ्नुहाेस्

संखुवासभाको मादीका स्थानियले आफुहरुले असुरक्षित भएकाे बताएका छन् । संखुवासभाको मादी नगरपालिका १ खोलागाउँको उम्लिङमा सोमबार एकै परिवारका छ जनाको बिभत्स हत्या भएपछि स्थानिय त्रासमा रहेका छन् । सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो ।

हत्या भएका ५८ वर्षीय तेजबहादुर कार्कीका भतिज एमविक्रम कार्कीका अनुसार २-३ परिवारले घर छाडेर हिडेका छन् । कार्कीले भने “मृतककाे घर नजिक भएकाले घर छाडेर हिन्न थाले, बालवालिका र महिलाहरु आत्तिने, कराउने गर्छन् गाँउकाे अवस्था निकै दर्दनाक छ ।”

हत्याराबाट हामी असुरक्षित छाैँ

आफुहरु असुरक्षित भएकाे भन्दै भतिज एमविक्रम कार्कीले सरकारसँग सुरक्षामाग गरेका छन् । “हत्यामा समान्य नभएर पेसेवारकाे सलग्नता भएकाे हाम्राे अनुमान छ । त्यसैले धेरै मिडियामा बेलाे भने उनीहरुकाे निसाना हामि माथि हाेला भन्ने डर छ ।” उनले भने “शुरुदेखि घटनामा बिषयमा मैले जानकारी दिएकाे हाे तर अब डर लाग्न थालेकाे छ, त्यहाँकाे नाइके त हाेइन भन्दै आक्रमण गर्लान भन्ने डर भयाे ।”

मृतक ८४ वर्षीया पार्वती कार्कीका छाेरा तिलक कर्कीले तत्काल हत्यारा पत्ता लगाएर सर्वाजनिक गर्न माग गरेका छन् । बुधबार इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा ६ जनाकाे अन्त्यष्टिपछि सञ्चारकर्मीलाइ संक्षिप्त प्रतिक्रिया दिदै उनले हत्यारा पत्ता लगाएर कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन् । उनले भने “हाम्राे परिवार सखाप गर्ने काे रहेछ हामिले चिन्न पाउ, यति दिन हुदा सम्म पत्ता लागेकाे छैन छिट्टै पत्ता लाग्छ भन्ने विश्वास छ ।”

उक्त घटनापछि मादी नगरपालिकामा ठुलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ । जिल्ला प्रहरीका कार्यालय संखुवासभाबाट स्थानियकाे सुरक्षा र अनुसान्धानकालागि प्रहरीले परिचालन भएकाे हाे । घटनाकाे अनुसन्धान संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोलीले गरिरहेकाे छ ।

साथै बुधबार इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा ६ जनाकाे अन्त्यष्टि गरिएको हो । ६ वटै शवकाे धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टमपछि बुढीगंगामा अन्त्यष्टि गरिएकाे छ । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान आइपुगेका थिए । तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्कीकाे एउटै चितामा राखेर अन्त्यष्टि गरिएकाे छ, भने रञ्जना कार्की, ११ वर्षीय दीपेन कार्की र सात वर्षीया गोमा कार्कीको शव एउटै चितामा राखेर अन्त्यष्टि गरिएकाे हाे । साथै आमालाइ छुट्टै चितामा राखिएकाे थियाे ।

इटहरी / संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका मृतकहरुको इटहरीमा अन्त्यष्टि गरिएको छ । बुधबार इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा ६ जनाकाे अन्त्यष्टि गरिएको हो । ६ वटै शवकाे धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टमपछि बुढीगंगामा अन्त्यष्टि गरिएकाे छ । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान आइपुगेका थिए ।

तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्कीकाे एउटै चितामा राखेर अन्त्यष्टि गरिएकाे छ, भने रञ्जना कार्की, ११ वर्षीय दीपेन कार्की र सात वर्षीया गोमा कार्कीको शव एउटै चितामा राखेर अन्त्यष्टि गरिएकाे हाे । साथै आमालाइ छुट्टै चितामा राखिएकाे थियाे ।

संखुवासभाको मादी नगरपालिका १ खोलागाउँको उम्लिङमा सोमबार एकै परिवारका छ जनाको बिभत्स हत्या भएको थियो । सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो । घटनाकाे अनुसन्धान संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोलीले गरिरहेकाे छ ।

Leave a Comment