समाचार

संखुवासभाको मादीका स्थानिय त्राशमा, भन्छन्- हामी हत्याराबाट असुरक्षित छाैँ

इटहरी / संखुवासभाको मादीका स्थानियले आफुहरुले असुरक्षित भएकाे बताएका छन् । संखुवासभाको मादी नगरपालिका १ खोलागाउँको उम्लिङमा सोमबार एकै परिवारका छ जनाको बिभत्स हत्या भएपछि स्थानिय त्रासमा रहेका छन् । सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव फेला परेको थियो ।

हत्या भएका ५८ वर्षीय तेजबहादुर कार्कीका भतिज एमविक्रम कार्कीका अनुसार २-३ परिवारले घर छाडेर हिडेका छन् । कार्कीले भने “मृतककाे घर नजिक भएकाले घर छाडेर हिन्न थाले, बालवालिका र महिलाहरु आत्तिने, कराउने गर्छन् गाँउकाे अवस्था निकै दर्दनाक छ ।”

हत्याराबाट हामी असुरक्षित छाैँ

आफुहरु असुरक्षित भएकाे भन्दै भतिज एमविक्रम कार्कीले सरकारसँग सुरक्षामाग गरेका छन् । “हत्यामा समान्य नभएर पेसेवारकाे सलग्नता भएकाे हाम्राे अनुमान छ । त्यसैले धेरै मिडियामा बेलाे भने उनीहरुकाे निसाना हामि माथि हाेला भन्ने डर छ ।” उनले भने “शुरुदेखि घटनामा बिषयमा मैले जानकारी दिएकाे हाे तर अब डर लाग्न थालेकाे छ, त्यहाँकाे नाइके त हाेइन भन्दै आक्रमण गर्लान भन्ने डर भयाे ।”

मृतक ८४ वर्षीया पार्वती कार्कीका छाेरा तिलक कर्कीले तत्काल हत्यारा पत्ता लगाएर सर्वाजनिक गर्न माग गरेका छन् । बुधबार इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा ६ जनाकाे अन्त्यष्टिपछि सञ्चारकर्मीलाइ संक्षिप्त प्रतिक्रिया दिदै उनले हत्यारा पत्ता लगाएर कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन् । उनले भने “हाम्राे परिवार सखाप गर्ने काे रहेछ हामिले चिन्न पाउ, यति दिन हुदा सम्म पत्ता लागेकाे छैन छिट्टै पत्ता लाग्छ भन्ने विश्वास छ ।”

उक्त घटनापछि मादी नगरपालिकामा ठुलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ । जिल्ला प्रहरीका कार्यालय संखुवासभाबाट स्थानियकाे सुरक्षा र अनुसान्धानकालागि प्रहरीले परिचालन भएकाे हाे । घटनाकाे अनुसन्धान संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोलीले गरिरहेकाे छ ।

साथै बुधबार इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा ६ जनाकाे अन्त्यष्टि गरिएको हो । ६ वटै शवकाे धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टमपछि बुढीगंगामा अन्त्यष्टि गरिएकाे छ । शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान आइपुगेका थिए । तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्कीकाे एउटै चितामा राखेर अन्त्यष्टि गरिएकाे छ, भने रञ्जना कार्की, ११ वर्षीय दीपेन कार्की र सात वर्षीया गोमा कार्कीको शव एउटै चितामा राखेर अन्त्यष्टि गरिएकाे हाे । साथै आमालाइ छुट्टै चितामा राखिएकाे थियाे ।

संखुवासभा हत्याकाण्ड : दुइ बालबालिका र आमाकाे एउटै चिता, ३ चितामा राखेर ६ शव जलाइयो (२२ तस्विरहरू)

Leave a Comment