मनोरञ्जन

पूर्ण लिम्बुको नयाँ म्युजिक भिडियो ‘संगै संगै’ रिलिज

धरान / गायक तथा समाजसेवी क्याप्टेन पुर्ण लिम्बुको नयाँ गीत ‘सगै सङ्गै ‘ को म्युजिक भिडियो रिलिज भएकोछ । प्रदेस को जीवन त्यागेर अब आफ्नै देशमा रहेर गाउघरमा भएको आफ्नो बाझो जमीनलाई हराभरा बनाउन आफ्नै श्रीमती संगै संगै बस्ने निर्णय भएको भाव भएको गीत रिलिज भएको हो । भर्खरै रिलिज भएको गीत संगै संगै बोलको गीतको म्युजिक भिडियोमा यही बिषयबस्तुलाई उठान गरिएकोछ ।

प्रेम कृष्ण बजगाइको शब्द संगीत रहेको गीतमा पूर्णलाई अहिलेकी चर्चित गायिका रचना रिमालले साथ दिएकिछिन । गीतको छायाँकन र निर्देशन सुमन तामाङ ले गरेको म्युजिक भिडियोमा पूर्ण र मनिषा सुनुवार फिचर्ड छन । कयौ बर्ष बिदेसमा बसेर प्रदेशी जीवन बिताएपनी आफ्नै गाउघर मा फर्केर केही गरौ भन्ने भन्ने पारिवारिक बिषयबस्तुलाई भिडियोमा गज्जबले प्रस्तुत गरिएकोछ । गाउघरको रहनसहन , खेतिकिसान सबैकुरालाई आर्गनिक रुपमा टपक्क दिपएर निर्देशक तामाङले क्यामेरामा मजाले प्रस्तुत गरेकाछन । ओेएसआर डिजिटल को युट्युब च्यानलबाट रिलिज भएको गीतमा हेमन तामाङको ड्रोन कलरिङ्ग र सम्पादन रहेकोछ । यसैगरी केही समय अगाडि रिलिज भएको संसार एउटा बगैचा बोलको गीतपनी रिलिज भएको छ । जुन गीतमा पूर्ण लिम्बुको स्वर र अभिनय रहेकोछ ।

[embedded content]

धरान १२ स्थित होटल स्टारपुर्वी मा सम्पन्न भएको भिडियो बिमोचन कार्यक्रमका प्रमुख अतिथी चर्चित निर्देशक मिलन चाम्स रहेका थिए । शुभकामना मन्तव्य दिदै चाम्स्ले मोफसलमा यतिको भिडियो बन्नु खुशीको कुरा भएको भन्दै पूर्ण लिम्बुको साङ्गेतिक यात्राको सफलताको शुभकामना दिए ।

हरेककामा बाट रिटायर्ड भएपनी कलाकारिता बाट कहिले रिटाएर्ड नहुने राइको भनाइ थियो । आज रिलिज भिडियोमा आफुले गीत भन्दानी समग्ररुपमा एउटा फिल्मले जस्ता कथा प्रस्तुत गरेको भन्दै निर्देशक तामाङको खुलेर प्रसंसा गरे । कार्यक्रममा चर्चित कलाकार , प्रेम सुब्बा , निर्देशक निर्माता तथा चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण कुमार प्रधान , कलाकार निर्माता किशोर सम्बाहाम्फे , कलाकार दिनेश कोइराला लगयातहरुको उपस्थिती रहेको थियो ।

Leave a Comment