मनोरञ्जन

भाइरलको भोक: टिकटकमा जिउदा सेलिब्रेटिलाई श्रद्धाञ्जली, भयो क्षणभरमै भाइरल

इटहरी / सामाजिक संजाल अहिले प्रायः को सुखदुःखको साथी भएको छ । खुशी साट्ने र दु:ख पोख्ने साझा चौतारी हो सामाजिक संजाल । तर, नेपालमा सामाजिक संजाललाई ब्यवस्थापन गर्ने कुनै आधिकारिक निकाय नहुदा भने धेरैलाई अप्ठ्यारोमा पारेको छ । यस्तो फसाद पार्ने सामाजिक संजालमा फेसबुक, युट्युब र टिकटक अगाडि आउँछ । अझै टिकटकमा त नराम्रो कुरा क्षणभरमै भाईरल भैदिन्छ । सनिवार त्यही भयो ।

टिकटकमा भ्युज, लाईक र फलोअर्स कमाउने लोभले अरुको गोपनियता तथा प्रतिष्ठामाथी धक्का पुग्ने तवरले भिडियो सार्बजनिक गरिन्छ । उस्को लागि फाईदा छ भ्युज, लाईक र फलोअर्सको तर उस्को पात्र पिडामा पर्छन् । सनिवार लोकप्रिय गायिका रचना रिमाललाई धेरैको म्यासेज र फोन आयो । कारण टिकटकमा उनलाई श्रद्धाञ्जली दिइएको थियो । काठमाडौको आफ्नै निवासमा सकुसल बसिरहेकी रचनालाई टिकटकमा भने स्कुटी दुर्घटनामा परि ज्यान गुमाएको भन्दै श्रद्धाञ्जली दिइयो ।

सो खबर एकै छिनमा भाइरल भयो । २ घन्टाको अवधीमा सो भिडियोलाइ ११ हजार ३ सय लाईक आएको देखिन्छ । कमेन्ट भने अफ गरिएको छ । saruthapamagar34 नामको आईडी बाट सो भ्रम भाइरल भएको थियो । यो खबर रचनाले सुने पछि कानुनी उपचारमा लाग्ने भन्दै फेसबुकमा गरिन् । अहिले सो आईडी टिकटकमा भेटिदैन । यता रचनासंगै अन्य सेलिब्रेटीहरुको पनि एकपछि अर्को गर्दै श्रद्धाञ्जली पोस्ट गरेको देखिन्छ ।

पछिल्लो समय निकै नै चर्चामा रहेको तीज गीत ‘जेलैमा हो जेलैमा’ कि लोकप्रिय गायिका बिष्णु माझी लाई पनि ‘दु:खद खबर गायिका बिष्णु माझिले गरिन आत्महत्या आखिर गायक गायिकाको के रहेछ र’ भन्दै पोस्ट गरिएको थियो । अहिले सन्तानलाई जन्मदिन लागेकी नायिका प्रियंका कार्की बारे पनि ‘बच्चा गर्भमै अपाङ्गता भएपछि भयो रुवाबासी, आयुष्मानलाई अक्सिजन दिदै’ भनेर भ्रम फैल्याईयो भने शुक्रबार पोस्ट गरिएको अर्को एक भिडियोमा चम्सुरीलाई श्रद्धाञ्जली भन्दै निधनको भ्रम फैल्याईएको छ । सो भिडियोलाई ५२ हजार ७ सयले लाईक गरेका छन् । कमेन्ट अफ गरिएको छ ।

यसरी गलत प्रचार र भ्रम फैल्याउने यो एक उदाहरण आईडी हो टिकटकमा । यसअघि पनि यस्तै केही घटनाहरु भएका थिए । तर, यो संग सम्बन्धित आधिकारिक निकाय नहुदा आम जनमानस देखि प्रतिष्ठित ब्यक्तिहरुले समेत आफ्नै मृत्युको खबर हेर्दै हैरानी खेपीरहनु परेको छ । जिम्मेवार निकाय खडा गरेर अहिलेको अवस्थामा यस्ता गलत गर्नेलाइ कानुनी दायरामा ल्याउनु अत्यावश्यक भएको छ ।

Leave a Comment